डेरी बन्द गर्न निर्देशन

0
Shares

न्युज अफ नेपाल, दोलखा ।

जिल्ला अनुगमन समिति दोलखाले दुग्ध विकास संस्थानद्वारा सञ्चालित दोलखा डेरी बन्द गर्न निर्देशन दिएको छ ।

समितिले बिहीबार छापा मार्ने क्रममा एकमहिनादेखि उत्पादन मिति र मूल्य उल्लेख नगरिकन नै दुग्धजन्य उत्पादन बिक्री गरेको भेटिएपछि भीमेश्वर नगरपालिका–२, चोथाङस्थित उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

दोलखा डेरीले एकमहिनादेखि उत्पादन र म्याद नाघ्ने मिति नराखेको, मूल्य उल्लेख नगरेको र आधा लिटर उल्लेख दुध दहिमा १० देखि २५ मिलिलिटर कम परिमाण भेटिएको अनुगमन समितिले जनाएको छ ।

दोलखा डेरीलाई प्रादेशिक व्यापार तथा व्यवसाय सम्वन्धी ऐन २०७६ को दफा ६१ को जरीवाना सम्बन्धी व्यवस्थाको उपदफा ३ अनुसार ५० हजारदेखि ७५ हजारसम्म जरीवाना गरिने अनुगमन समितिले जनाएको छ ।

दोलखा डेरीका लेखा प्रमुख प्रदीप शिवाकोटीले मेसिन बिग्रिएकोले विवरणहरु उल्लेख नगरी बिक्री गरेको बताए ।