धादिङमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, धादिङ ।

धादिङमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिद्धलेक गाउँपाकिका वडा नं २ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि स्वाब जेठ २७ गते राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौँ पठाइएकोमा पीसिआर रिर्पोट पोजेटिभ आएको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम वि.क. ले जानकारी दिनुभएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमणको संख्या ३२ पुगेको छ ।

संक्रमण भएका ब्यक्ति केही समय अघि भारतबाट आएको र शिद्दलेक गा पा ले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए र हाल सम्म पनि उहाँ क्वारेन्टिनमै हुनुहुन्छ ।