आफैं गोली चलाएर छाउनीका एक सैनिकद्वारा आत्महत्या

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले आफैं गोली चलाएर आत्महत्या गरेका छन् । छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गएराति करीब १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेको हुन् ।

आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको छाउनी अस्पतालका कार्यरत एक अधिकृतले बताए ।

बिष्ट दुर्गाबक्स गण नारायणहिटी मा कार्यरत थिए ।