रोल्पामा एकैदिन १४ जनामा थप कोरोना संक्रमण

0
Shares

रोल्पा, (नेस) ।

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरू सबै सुनील स्मृति गाउँपालिकाका हुन् । संक्रमितहरू सो गाउँपालिका वडा नं. ४ का ७ देखि ३० वर्षीय ७ जना पुरुष, सोही वडाका ४४ वर्षीया महिला रहेको सुनील स्मृति गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

संक्रमित अन्य सोही गाउँपालिका वडा नं. ८ का १९ देखि ३२ वर्षीय पुरुष ५ जना र वडा नं ७ का १७ वर्षीय पुरुष रहेका छन् ।

उनीहरू गत जेठ १२ र १३ गते भारतवाट आएर क्वारेनटाइन बसेका थिए । यसअघि सोही गाउँपालिका वडा नं. ५ का २० र २७ वर्षीय युवा र वडा नं. ६ का २० वर्षीय युवामा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमित थपिएसँगै रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । भारतबाट जिल्ला भित्रिएकाको संख्या ठूलो रहेकाले जिल्लामा कोरोना संक्रमितको संख्या पनि बढ्ने बताइन्छ ।