कोरोना संक्रमणबाट मर्नेको संख्या १६ पुग्यो

0
Shares

काठमाडौं ।

अर्घाखाँचीको क्वारेन्टाइनबाट अस्पताल लगिएका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।
मालारानी गाउँपालिका–४ का ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको हो ।

अस्पतालबाट घरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक जेठ १५ गते भारतबाट आएका थिए ।

भारतबाट आएपछि उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । मंगलबार उनको श्वास–प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अर्घाखाँची अस्पताल पु¥याइएको थियो ।

बुटवलबाट उपचार गरेर फर्कने क्रममा उनको बाटैमा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।