गण्डकीमा थप ३७ जनामा काेराेना संक्रमित पुष्टि

0
Shares

न्युज अफ नेपाल, पाेखरा ।

गण्डकीमा थप ३७ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ । पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १, पूर्वीनवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ।