भक्तपुरको ढलभित्र पसेका ट्रक चालकको शव ललिपुरमा भेटियो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार दिउँसो ट्रक पार्क गरेर भक्तपुर नगरपलिका १ चुनदेवीमा ट्रक पार्किङ गरेर झरेका हेटौंडा नगरपालिका ९ घर भएका ५० वर्षीय चालक नरबहादुर राउत चिप्लिएर ढल भित्र पसेपछि ललितपुरमा मृत अवस्थामा फेला परका छन् ।

उनको शव आज बिहान बिहान साढे १० बजे ललितपुरको बागमती गाउँपालिका १ भुजेल भन्ने ठाउँमा फेला परेको हो। स्थानीयले उनलाई नग्न अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेको थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनको शव अहिले पाटन अस्पतालमा पोष्टमर्टमको लागि पाठाइएको छ। भक्तपुरबाट हराएर शव ललितपुरमा फेला परेको हुँदा त्यहीबाट थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।