नेपाली आकाशमा शंकास्पद भारतीय विमान


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली आकाशमा बिहानैदेखि भारतीय एयरक्राफ्ट बिमानले चक्कर लगाएको छ । महेन्द्रनगर क्षेत्रमा उक्त विमानले चक्कर लगाएको हो ।

नेपाली आकाशमा करिब ३५५८८ फिटको उचाईमा ४१८ किलोमिटरको प्रतिघन्टाको गतिमा उक्त विमानले चक्कर लगाएको श्रोत ले जानकारी दिएको छ । भारतको नयाँदिल्ली स्थित विमानस्थलबाट उडेको उक्त जहाज नेपाली आकाशमा कसरी प्रवेश गर्यो भन्ने विषयमा सरकारी निकायलाई जानकारी छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले यसको विषयमा प्राधिकरणको कार्यालयमा सम्पर्क गर्न दिएको नम्बरमा भने फोन उठेन ।

नेपालले हवाई उडानमा रोक लगाइरहेको बेला सिमाक्षेत्रमा भारतीय एयरक्राफ्ट को चक्कर लाई रहस्यमय पूर्ण रुपमा लिएको छ । नेपाल र भारतबीच सिमाक्षेत्रमा उत्पन्न विवाद जारी रहेका बेला सीमा क्षेत्रमा गैरकानुनीरुपमा भारतीय विमान किन प्रवेश गर्यो भन्ने विषयमा सरकारी तहमा जानकारी नहुनुले अर्को रहस्य जन्माएको छ ।