प्युठानमा एक्कासि मुटु दुखेर कैदिको ज्यान गयो


 न्युज अफ नेपाल, प्युठान ।

जिल्ला कारागार प्युठानमा रहेका एक बृद्ध कैदीको मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षीय खगिराम रामजाली घर्तिमगरको मृत्यु भएको कारागारले जनाएको छ ।

मगरले एक्कासि मुटु दुख्यो भनेपछि उनलाई जिल्ला कारागार खलंगाबाट उपचारका लागी बुधबार बिजुवार अस्पताल पठाइएको थियो । रामजाली घर्तिमगरको उपचारकै क्रममा गए राति ९:१० बजे बिजुवार अस्पताल मै मृत्यु भएको कारागारका प्रमुख सुर्य बहादुर पन्तले बताए ।

उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । उनले २०७२ साउन १७ गते गतेदेखि कैद भुक्तान गर्दै आइरहेको पन्तले बताए । कारागारका अनुसार ५ वर्ष १ महिना २८ दिन उनले कैद भुक्तान गरीसकेका थिए ।

रामजाली घर्तिमगरकोको शव परीक्षणका लागि अस्पतालको पोस्टमार्टम कक्षमा राखिएको छ । मृतकको पोष्टमार्ट्म पश्चात् शब आफन्तको जिम्मा लगाईने कारागारले जनाएको छ।