असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने


न्युज अफ नेपाल, काठमाडाैँ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

सरकारले लकडाउन मोडालिटी बनाउँदै स्थिति हेरी लकडाउन खुकुलो बनाउने भएको हाे ।

पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।