क्वारेन्टाइन वस्ने व्यक्ति बोकेको ट्रिपर दुर्घटना, दुइको मृत्यु, तीन बेपत्ता, १० घाइते


कालीबहादुर मल्ल, कालिकोट ।

लालिघाट बजारनजिकै बुधबार बिहान ९ः३० बजे ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता र १० जना घाइते भएका छन् ।

नगरपालिकाका नागरिक भारत र रामेछाप जिल्लाबाट आएका क्वारेन्टिनमा राख्नका लागि रास्कोट लिएर जाँदै गरेको नगरपालिकाको ना८ख ५१३३ नम्बरको ट्रिपर दुर्घटना भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रास्कोट नपा–२ का २३ वर्षीया शर्मिला सार्की सोही ठाउँका २१ वर्षीया ठम्मी सार्की रहेका छन् । उनीहरूको लास भेटिएको छ भने तीन जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेहरूमा रास्कोट नगरपालिकाकै कुल सार्की, धरुपा सार्की, प्रकाश सार्की, कमर सार्की, सोविन्द्र सार्की र धीर सार्की रहेका छन् ।

साथै ट्रिपर दुर्घटनामा घाइते हुनेमा रास्कोट नपा–२ का अनिता सार्की सोही ठाउँका गोविन्द सार्की, कमला सार्की, नील सार्की, विवेक चौधरी, देवराज सार्की, निस्पता सार्की, मीन सार्की र गोपाल सार्की रहेका छन् ।

उहाँहरूलाई उपचारका लागि जिल्ला अस्पताल मान्म पु¥याइएको डीएसपी ओलियाले जानकारी गराउनुभयो । बेपत्ता हुनेको खोजी कार्यका लागि कालिकोट जिल्लास्थित नेपाली सेना, जिल्ला प्रहरीलगायतका अन्य निकाय लागिपरेका छन् । ३९ जना आजै रास्कोट जाने भनेर उक्त ट्रिपरमा केही मान्छे चढेर पनि बिचैमा झरेका थिए ।