अब पसल खोल्ने,जोरबिजोर गाडी चल्ने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरको छ । बुधबार राती बसेको मन्त्रीपरिषद बैठकले ब्यवसाय संचालन गर्न नपाएका कारण नागरिक सडकमा उत्रिएपछि सरकारले पसल र व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय भोलि बिहीबारदेखि नै लागू हुने एक मन्त्रीले जानकारी दिएका छन्