‘बाँच्नलाई हाहाकार मरेपछि पिसीआर ?’ भन्दै ग्वार्कोमा प्रदर्शन (फोटोफिचर)

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

ललिपुरको ग्वार्को चोकमा सरकारका बिभिन्न कदमका विरुद्ध प्रदर्शन गरिएको छ । सामाजिक सञ्जाल मार्फत् आव्हान गरिएको उक्त बिरोध प्रदर्शनमा करिब एक सय जनाको हाराहारीमा सहभागी रहेका थिए ।

‘जनतालाई खै खाना ? सरकारलाई जीमखाना’ ,’भ्रष्टाचार की पिसीआर?’, ‘कर के का लागि ?’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेर करिब १ घण्टा नारावाजी गरका थिए । सबै उमेर समूहका सहभागी प्रदर्शनको अन्त्यमा नेपालको राष्ट्रिय गान गाएर समापन गरिएको थियो ।

तस्वीर : उजोल डंगोल