संविधान संशोधन बिधेयक खारेजीको माग गर्दै सरीता गिरीद्वारा संशोधन दर्ता

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौं 

सरकारले संसदमा दर्ता गरेको संविधान संबिधान संशोधन बिधेयकविरुद्ध जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन बिधेयकनै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।

लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप सम्बन्धी काुन न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेद्वारा प्रस्तुत बिधेययकमा गिरीले बुधबार संसद सचिवालयमा पुगेर दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफ २ हटाउन भनिएको छ ।

दफा दुईमा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ । विधेयकमाथि मंगलवार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । जुन छलफलमा जसपाकै नेताहरु लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए ।

सांसद गिरीले भने प्रमाण र तथ्यविनाको उक्त विधेयक खारेजीको सूचना दिएकी छन् । उनले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् । उनको संशोधन पार्टीको आधिकारिक हो वा व्यक्तिगत हो भन्ने खुलेको छैन ।