रुकुमपश्चिम घटनाको छानबिन गर्न ‘संसदीय विशेष समिति’ गठन

0
Shares

  • न्युज अफ नेपाल, काठमाडौं

रुकुमपश्चिममा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको छानबिन गर्न संघीय संसदले ‘संसदीय विशेष छानबिन समिति’ गठन भएको छ । सोती घटनाको छानबिन संसदीय विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ ।

समितिको सदस्यहरुमा सांसद एकलाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाईली (स्नेही), विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनुभएको छ । समितिलाई एक महिनाभित्र रिपोर्ट पेश गर्न सभामुख अग्नी सापकोटाले निर्देशन दिनुभएको छ ।