लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै थिएन : सांसद सरिता गिरी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं

जनता समाजवादी पार्टीका सांसद सरिता गिरीले लिम्पियाधुरा आफूले नेपालको नक्सामा कहिल्यैपनि नदेखेको बताउनभुएको छ । कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने बताउनुभएको हो ।

प्राइम टाईम्स टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वमन्त्री समेत रहनुभएका सांसद गिरीले भारत र नेपालमा त दुवै सरकारले भनेअनुसार ९८ प्रतिशत समस्या समाधान भैसकेको दावी गर्नुभयो ।

सुस्ता र कालापानीको अब २ प्रतिशत समस्या बाँकी छ, उहाँले भन्नुभयो,‘ यदि नेपालले नयाँ नक्साको बारेमा कुरा ल्याईरहेको छ भने त्यो पनि प्रमाण र सबुत त नेपालसँग हुनु पर्यो,२०५४ सालमा योगी नरहरीनाथले सर्वोच्च अदालतमा मुद्दा गरेका हुन् ।

उहाँको देहान्त भईसक्यो । उहाँको माग के थियो भने सुगौली सन्धिअनुसारको सम्पूर्ण जग्गा नेपालले फिर्ता पाउनुपर्छ ।’लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो नि, यसबारेमा नेपालसँग सबै प्रमाण छ भन्ने जिज्ञासामा उहाँले कालापानी मात्र किन ? हामी त्यो भन्दा अघि पनि ग्रेटर नेपाल, १८६० को सन्धिपछि लिम्पियाधुरा छैन् ।

लिम्पियाधुराको बारेमा विवाद छ । प्रधानमन्त्रीले स्वयम भन्नुभएको जवाफ दिनुभएको छ ।लिम्पियाधुरा मैले नेपालको नक्सामा कहिल्यैपनि देखेको छैन् । यो विवादको सार के हो भने नेपालको भारतसँग कुनैपनि कन्फ्रन्टेशनको ईस्यु म चाहीँ देखिराखेको छैन् । कन्फ्रन्टेशन कहाँ छ ? भारत र चीनको बीचमा छ । र, नेपालले अहिले जुन लिम्पियाधुरासम्म लगेको छ । तल कालापानीमा भारतको सेना ६० वर्षदेखि बसिराछ ।