आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाईते भएका बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अछामको बयलपाटा अस्पतालको जागीरबाट निकालिएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ ।

अछामकै साँफेबगर नगरपालिका ६ भागेश्वरका आउजी बिगत दुई बर्षदेखि अस्पातालमा सफाई कर्मचारी रहेको बुझिएको छ । बयालपाटा अस्पतालमै आत्दमहको प्रयास गरेका आउजीलाई गम्भीर भएपछि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको साँफेबगर प्रहरीले जनाएको छ ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।दुई महिना अगाडी नै अस्पतालले हटाएको चिठी थमाएपछि सिद्धार्थ तनावमा रहेको बुझिएको छ ।

अस्पतालको सरसफाई कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिएपछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए ।