कुस्मामा पुरुषका लागि मात्रै क्वारेन्टाइन, २९ लाई स्थानीय तहकै क्वारेन्टाइनमा पठाइयो

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वतमा भारतबाट उद्दार गरेर जिल्लामा ल्याइएका २९ जनालाई सम्बन्धित पालिकको क्वारेन्टाईनमा राख्ने गरि मंगलबार पठाइएको छ।
पर्वतको कुस्मामा राखिएका २९ जनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको हो ।

भारतबाट आएका नागरिकलाई पिसिआर परिक्षण नगर्ने समय सम्म मात्रै कुस्माका क्वारेन्टाईनमा राखिएको छ । नागरिकलाई राख्न कुस्माका होटलहरुलाई नै सामुदायिक क्वारेन्टाईन बनाउने निर्णय भएको छ ।

भारतबाट आएका उनीहरु कुश्मा बजारमा रहेको शिवालय मावि र ब्लू एन्जल होटलको क्वारेन्टाइनमा बसेका थिए । पोखरा स्थित प्रादेशिक प्रयोगशालामा भएको पिसिआर परिक्षणका क्रममा सबैको रिर्पोट नेगेटिभ आएपछि सम्बन्धित पालिकाको क्वारेन्टाईनमा नै राख्ने गरि पठाइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

क्वारेन्टाइनमा पठाइएकामा पैयू गाउँपालिकाका सवै भन्दा धेरै १५ जना रहेका छन् । यसैगरी फलेवास नगरपािलकाका ४ जना, विहादी गाउँपालिकाका ३ जना, महाशिला गाउँपालिकाका २ जना मोदी गाउँपालिकाका २ जना रहेका छन् । यसैगरी कुश्मा नगरपालकाका २ जना र जलजला गाउँपालिकाका १ जना रहेका छन् । रिर्पोट नेगेटिभ आउने मध्ये १७ बर्ष देखि ३० बर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ति मध्ये १ जना भने ५० बर्ष उमेर समूहका छन् ।

उनीहरुलाई अव स्थानीय तहले ब्यवस्थापन गरी थप १४ दिन क्वारेन्टाइनमा राख्नेछन् । त्यस पछि पुनः उनीहरुको कोरोना परिक्षण हुनेछन । दोस्रो परिक्षणबाट नेगेटिभ आएपछि मात्र उनीहरु आफ्नो घरमा जान पाउनेछन् ।

कुस्मामा पुरुष क्वारेन्टाईन मात्रै

भारत तथा तेस्रो मुलुकबाट पर्वतमा आउने नागरिकलाई राख्न कुस्माका होटल र पार्टी प्यालेसहरुलाई पुलिङ्ग क्वारेन्टाईनका रुपमा मात्रै प्रयोग गरिने भएको छ ।

कोभिड १९ नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टले पर्वतको कुस्माबजारमा पिसिआर परिक्षण नहुँदा सम्म मात्र भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई राख्नका लागि पुल क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

कुस्माबजारका होटललाई क्वारेन्टाईन बनाउने भनेपछि सबैलाई लामो समय सम्म राखिने आशंका स्थानियबासीले गरेको बेला पिसिआर परिक्षण गर्ने बेला सम्मका लागि मात्रै पुलिङ्ग क्वारेन्टाईन बनाउने निर्णय भएको हो । एकद्वार नितिबाट उद्दार गरि पिसिआर परिक्षण गर्दा संक्रमण फैलन नपाउने तथा परिक्षणका लागि र संक्रमितलाई आईसोलेसनमा लान समेत सहज हुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको भनाई छ।

अहिले बिना परिक्षण पालिकाहरुमा पठाउँदा परिक्षणका लागि पनि जनशक्ति, समय र उपकरणको समेत सहज उपलब्धता नहुने भएकाले पनि परिक्षण पछि मात्र पठाउने निति बनाइएको हो । यसरी राख्नका लागि स्थानिय तहका प्रतिनिधीहरु समेत सहमत भएका छन । नेपालका अनुसार उनीहरुलाई बढिमा २ देखि ३ रातसम्म मात्र कुश्माका होटलहरुमा राखिने छ ।

भारत तथा तेस्रो मुलुकबाट उद्दार गरि ल्याउनेलाई राख्नका लागि पोखरा बागलुङ्ग सडकको खण्डमा रहेका होटलहरुलाई सामुदायिक क्वारेन्टाइन बनाइएको छ । उनीहरुलाई जिल्ला आएपछि परिक्षण प्रयोजनका लागि कुश्मा स्थित होटलहरुमा राखिने छ । परिक्षण पश्चात भने संक्रमीत देखिएमा आइशोलेसन वार्डमा लगिनेछ भने, रिर्पोट नेगेटिभ आएमा स्थानीय तहले निर्माण गरेका सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा पठाइनेछ ।