बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, बागलुङ ।

बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट गरिएको परीक्षणमातमानखोला गाउँपालिकामा ४ र बडिगार्ड गाउँपालिकामा २ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमण देखिएका उनीहरुको केही दिन अघि सुनौली नाकाबाट उद्दार गरिएको थियो ।

संक्रमित उनीहरुलाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।तमानखोला गाउँपालिकाका संक्रमितसँगै अन्य ८ जना आएका थिए । अन्यको कोरोना परीक्षण नेगेटिभ आएको छ । नेगेटिभ आएका उनीहरुसहित १४ जनालाई गाउँपालिजकाको क्वारेन्टाइमा राखिएको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ ।