होटल व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

क्षेत्रीय होटल संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाईरसका कारण पर्यटन क्षेत्रमा परेको असर तथा होटल ब्यवसायीहरुले झेल्नु परेको समस्याका बारेमा ज्ञापनपत्रद्वारा बुझाएका छन् ।

‘होटल ब्यवसायीहरुले झेल्नु परेको समस्याका बारेमा अवगत गराएका छौं, सरकारले हाम्रो मागको सुनुवाई गरोस’– क्षेत्रिय होटल संघकाअध्यक्ष प्रेम कण्ठमा कजुले बताउनु भयो–‘बैकको ऋणको भाका र ब्याज मिनाहा सँगै विद्युत्त महसुल छुटका लागि अनुरोध गरेका छौं ।’ ब्यवसायीहरुले प्रधानमन्त्रीसँगै पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उधोग तथा वाणिज्य मन्त्रालयलाई समेत ज्ञापनपत्र बुझाएको क्षेत्रिय होटल सघको सचिव ज्योत्सना सैजुले बताउनु भयो । कोभिड–१९ का कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशयी बन्दै गएको भन्दै ब्यवसायीहरुले ७ बुँदासहितको ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा लकडाउन अवधिभरको बैंकको ब्याज मिनाहा र साँवाको भाका कम्तीमा २ वर्ष थप गर्न वा मिनाहाका लागि आग्रह गरिएको छ । साथै सबै होटल ब्यबसायीहरुलाई राष्ट्र बैंकबाट सहुलियत सुबिधा पाउने पुर्न कर्जाको ब्यबस्था गर्ने लगायत कर छुट, घरभाडा छुट र बिद्यूत्त महसुल छुट लगायत माग प्रस्तुत गरिएकाछन् । त्यसैगरी बजेट मार्फत व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्न ब्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएको सचिव ज्योत्सना सैजुले बताउनु भयो ।

ब्यवसायीहरुले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनामार्फत ज्ञापनपत्र बुझाएका  थिएभने स्थानीय सरकरकारका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुलाई समेत ज्ञापनपत्र  बुझाई नगर स्तरका समस्याहरुलाई समाधान गर्न पहलगरि दिन  माग गरेका थिए । धुलिखेल नगरपालिका  प्रमुख अशोक ब्याञ्जुले व्यवसायीहरुका समस्या सम्वन्धित निकायसम्म पुर्‍याउने तथा नगरबाट सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्ला र नगरबाटै समाधान गरिने बताउनुभयो । क्षेत्रीय होटल संघसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमीलगायत कार्यसमितिको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाईएको हो ।

ब्यवसायीहरुले कोभिड १९ महामारीका कारण चार अर्ब बैंकको ऋणतिर्न बाँकी रहेकाले पर्यटन क्षेत्र धरासयी बन्दै गएको बताएका छन् ।