न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमण नियन्त्रणका लागि भइरहेको ‘लकडाउन’मा पनि अहोरात्र उपत्यका सफा राख्दै उपत्यकावासीलाई स्वस्थ बनाउने कार्यमा खटिरहेका सरसफाईकर्मीहरुलाई कोकाकोला फाउण्डेसन र क्रिएसन नेपालले सुरक्षात्मक सामाग्री प्रदान गरेको छ ।
मंगलबार राष्ट्रिय सभागृहको प्रङ्गणमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ति सामाग्री बुझ्नुभएको हो । मास्क, पञ्जा, ग्लोब्स लगायतका सुरक्षात्मक उपकरणमा बुझ्दै काठमाडौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले संवेदनशिलता पहिचान गर्दै दिइएको सहयोगले ठूलो महत्व राख्ने बताउनुभयो ।
सरसफाईमा खटिने कर्मचारीकाहरुका लागि खाद्यान्न तथा तथा औषधि वितरण गर्दै आएको क्रिएसनले महानगरलाई ‘प्रोटेक्टिभ जमसुट’ वितरण गरेको क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले जानकारी दिनुभयो ।
क्रिएसन नेपालले उपत्यकाका अन्य स्थानीय तहहरुमा पनि यस किसीमको सुरक्षात्मक उपकरण तथा राहत वितरण गर्दै आएको छ ।
प्रतिक्रिया