स्वास्थ्य मन्त्री ढकालसहित १ सय ४६ जनाको रिपोर्ट नेगेटिभ

0
Shares

न्यूज अफ नेपाल, काठमाडौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, सचिव यादव कोइराला सहित १ सय ४६ जनाको पीसीआर विधिबाट परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री ढकालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आफन्त बिरामीलाई भेटको तेस्रो दिनमा कोरोना संक्रमण रिपोर्ट आएको थियो । मन्त्री ढकाल भने बिरामीको नमूना संकलन गर्ने तयारीपछि सेल्फ क्वारेन्टिनमा बस्नुभएको थियो । मंगलबार बिहान मन्त्री ढकालको स्वाब लिई बेलुका रिपोर्ट नेगेटिभ आएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्री ढकला रिपोर्ट नेगेटिभ आएसँगै स्वास्थ्य मन्त्रालय पुगी सातै सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा भिडियो कन्फ्रेन्स मार्फत छलफलमा सहभागी हुनुभएको थियो ।

स्वास्थ्य मन्त्रालयका अन्य चिकित्सक तथा कर्मचारीहरुको पिसिआर परिक्षणका लागि आईतबार नमून संकलन गरिएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका फ्रन्ट लाईनमा खटिएका चिकित्सक कपिलबस्तमा कन्ट्रयाक ट्रेसिङ गरेर फर्किए लगत्तै मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टरको कमाण्ड बैठकमा सहभागी हुनुभएको र उहाँलाई दुईदिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आएपछि मन्त्रालयका १ सय ४६ जनाले पिसिआर परिक्षण गराएका थिए ।