क्वारेन्टिन व्यवस्थापन खटिएका वडाध्यक्षको मृत्यु

0
Shares

न्युुज अफ नेपाल, काठमाडौँ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थामा खटिएका राना बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थिए । साँझपख क्वारेन्टिन पुगेका उनको मृत्यु भएको हो ।

रानाको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने क्वारेन्टिन व्यवस्थापन समितिले जनाएको छ । मृत्यु भएका रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ ।

मृतकको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी कोरोना परीक्षण गरिने बताइएको छ ।