देशभरका अस्पतालमा आलोपालो डिउटी मिलाउन आग्रह

0
Shares

काठमाडौ, (नेस) ।

कोरोना संक्रमणको मारमा फ्रन्टलाइनमा काम गर्दै आएका स्वास्थ्यकर्मी तथा चिकित्सक कर्मचारीसमेत संक्रमित हुन थालेका छन् ।

आवश्यकता अनुसारको सुरक्षा सामग्री, पीपीई, माक्स, ग्लोब्स, क्याप, चस्मा, भाइजर, जस्ता अति आवश्यक सामग्रीको अभावमा जनसेवाका लागि जोखिम मोलेर सेवामा जुटेका स्वास्थ्यकर्मीहरूको व्यवस्थापनमा सरकारको ध्यान नपुगेको गुनासो बढ्न थालेको छ ।

शनिबार त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत मनमोहन कर्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १५ चिकित्सकसहित झन्डै ४० भन्दा बढी नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई सोही दिनदेखि क्वारेन्टाइनमा राख्ने स्थानको अभावका कारण तनाव उत्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा अघिल्लो साता ईएनटी विभागमा उपचारका लागि भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण देखिएपछि १ सयभन्दा बढी स्वास्थ्यकर्मीका साथ अन्य बिरामी र बिरामी कुरुवासमेत सोही अस्पतालको क्वारेन्टाइनमा बसेकाले शनिबार क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्यकर्मीका लागि होटल नै खोज्नुपरेको थियो ।

कतिपय होटल सञ्चालकहरू विदेशबाट आउनेका लागि प्याकेजमा होटल दिन तयार छन् तर स्वदेशी त्यसमा पनि चिकित्सकहरूलाई क्वारेन्टाइनमा बस्न दिनसमेत तयार देखिएका छैनन् । तयार भएका होटल सञ्चालकलाई पनि स्थानीयको भीडले बस्न नदिएपछि समस्या बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि लगातार एक साता फ्रन्टलाइनमा खटिने चिकित्सक स्वास्थ्यकर्मी अनिवार्यरूपमा दुई साता सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ भने रिपोर्ट नेगेटिभ आएपछि मात्रै सावधानीपूर्वक काममा फर्किनुपर्ने उल्लेख गरिएको छ ।
सूचनामा कोभिड–१९ महामारीका बेला स्वास्थ्य सेवालाई चुस्त बनाउन देशभरका अस्पताललाई निर्देशन दिएको छ ।

निर्देशनमा स्वास्थ्यकर्मी तथा सहयोगीहरूमै कोरोना संक्रमण भइरहेको र यसले नियमित सेवा प्रवाहमा असर नपर्ने गरी ड्युुटी मिलाउन मन्त्रालयले दिएको निर्देशनमा उल्लेख गरिएको छ ।

‘अस्पतालहरूले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई, आलोपालो ड्युटी लगाई (एउटा टोली एक हप्ता एउटा टोली अर्को हप्ता गरी) सेवा निरन्तरताको सुनिश्चता गर्न सूचनामार्फत निर्देशन दिइएको छ ।