न्युज अफ नेपाल, काठमाडौँ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरुको छाता संगठन हिसानले लकडाउनको बेलामा अध्ययन अध्यापने जरुरी भएको कुरालाई लिएर सरकार तथा सम्बन्धित सबै पक्षहरुको गम्भीर रुपमा ध्यानाकर्षण गराएको कुरा सार्वजनिक गरेको छ ।
हिसानद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक, अर्थमन्त्री र शिक्षा मन्त्रीलाई उपर्युक्त विषयहरुमा ध्यानाकर्षण गराइएको जनाएको छ ।
विज्ञप्तिमा उल्लेखित नौ वटा मुख्य बुँदामा हिसानले शैक्षिक क्षेत्र खोल्नका लागि वातावरण निर्माण गर्ने, विद्यार्थी भर्ना गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने, पूरानै पाठ्यक्रम अनुसार अध्ययन अध्यापन गर्ने, ई लर्निङ प्रयोगमा ल्याउने, विद्यालयमा नेट सेवा सर्वसुलभ बनाउने, समय तालिका प्रकाशन गरी सबैलाई मानसिक रुपमा तयारी गराउने, स्वदेशी तथा विदेशी विद्यार्थीलाई गुणस्तरीय शिक्षाको ग्यारेण्टी गर्ने, शिक्षक तथा कर्मचारीका लागि आवश्यक राहत सरकारद्वारा सम्बोधन गरिनुपर्ने आदि मागहरु राखेको छ ।
विज्ञप्ति :
1590491897483675










प्रतिक्रिया