रुखको हाँगाले च्यापेर बालकको मृत्यु

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीमा रुखको हांगाले च्यापेर मंगलबार सांझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विकट पहाडी बौदिकाली १ निवासी दुलमान बिक का १४ वर्षीय छोरा धनबहादुर बिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विकले घर नजिकैको काउराको बोटबाट घांस झार्ने क्रममा आफैले काटेको हांगाले च्यापेर उनको घटना स्थलमै मृत्यु भएको थियो ।

घटना स्थल मुचुल्का उठाई प्रहरीले बालकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेडगाउं पठाएको नवलपरासी पूर्वका प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।