पाकिस्तान विमान दुर्घटना : ८६ जनाको मृत्यु, दुईको उद्दार

0
Shares

एजेन्सी ।

पाकिस्तानको कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा शुक्रबार दुर्घटना भएको विमानमा सवार ८६ जनाको मृत्यु भएको छ ।

लाहोरबाट कराची विमानस्थल उडेको उक्त विमानमा चालक दलकासहित ९९ जना सवार थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिन्ध प्रान्तका सूचनामन्त्री नासिर हुसेन साहले दुर्घटनामा कम्तीमा २ जना यात्रु बच्न सफल भएको बताएका छन् । घाइते उनीहरुको उद्दार गरी अस्पताल लगिएको उनले जनाए ।

विमानमा पन्जाब बैंकका अध्यक्ष जफार मसुद र २४ न्युज टेलिभिजनका कार्यक्रम निर्देशक रहेको थिए । मसुदको उद्दार गरी उपचार भइरहेको छ ।

अधिकारीहरुका अनुसार पाकिस्तान इन्टरनेसनल एयरलान्इन्सको विमान दुवै इन्जिन फेल भएपछि दुर्घटना भएको हो ।