पाकिस्तान बिमान दुर्घटना : यस्तो भनेका थिए पाईलटले अन्तिम कुराकानी (अडियोसहित)

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

पाकिस्तानको लाहोरबाट उडेको पाकिस्तान इन्टरनेशलन एयरलाईन्सको बिमान कराचीको जिन्ना अन्तराष्टिय बिमानस्थलमा दुर्घटनाग्रस्त बिमानका पाईलट र कन्ट्रोल रुमबीचको कुराकानी बाहिरिएको छ ।

कुराकानीमा उनी निक्कै आत्तिएको सुन्न सकिन्छ । उनले बिमानको ईन्जिन फेल भईसकेको बताएका थिए । उक्त अडियोमा उनी आपतकालीन बिमान अवतरणका लागि कन्ट्रोल रुमसंग अुरोध गरिरहेका छन् । यद्यपी बिमान दुर्घटनामा परेको छ ।

शुक्रबार ८ जना क्याविन क्रु र ९९ जना यात्री बोकेको बिमान दुर्घटनामा परेको पाकिस्तानको आपतकालिन बिभागले जनाएको छ ।उक्त बिमान मानवबस्तीमा खसेको दृष्यहरु सामाजिक सन्जालमा अहिले भाइरल भइरहेको छ । दुर्घटनास्थलमा उद्धारकर्ताहरु भर्खर पुगेकाले कतिको निधन भयो भन्ने बारेमा एकिन नभएको पाकिस्तान सरकारले जनाएको छ ।

यस्तो छ अन्तिम कुराकानी अडियोसहित…

https://youtu.be/a3froZuZCU4