चालक दलसहित ९९ जना सवार बिमान मानवबस्तीमा खस्यो

0
Shares

इस्लामावाद, (एजेन्सी)

पाकिस्तानको लाहोर शहरबाट उडेको पाकिस्तान इन्टरनेसनल एयरलायन्सको यात्रुवाहक ए३२० एयरबस विमान विमान शुक्रवार अपरान्ह कराँची शहरको घना वस्तीमा दुर्घटनाग्रस्त भइ खसेको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

पाकिस्तानकै सबैभन्दा व्यस्त मानिने विमानस्थल मध्ये एक कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु करिव एक मिनेट अघि दुर्घटनाग्स्त भएको सो विमानमा ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको पाकिस्तानको उडयन निकायका प्रवक्ता अब्दुल सत्तार खोखारले बताएका छन् ।

विमान खसेको स्थानमा घरहरु र विमानका भग्नावशेष जलेको अवस्था रहेको तथा आपतकालिन सेवा निकायका उद्धार टोलि घटनास्थल पुगिसकेको बताइएको छ । जिन्नाह विमानस्थलदेखि ३ दशमलव २ किमि उत्तर पुर्वको कराँची शहर बाक्लो वस्ती रहेको जिन्नाह गार्डेन क्षेत्रको मालिर स्थित मोडल कोलनीमा अवतरणको क्रममा सो विमान खसेको होे । उद्धार टोलिका मद्धतका लागि घटनास्थलमा पाकिस्तानी सेना पनि पुगिसकेको छ । विमान र जमिानमा रहेका कति जनाको ज्यान गयो भन्ने तत्कालै पुष्टि भइसकेको छैन ।