थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४ सय ५७ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार बाँकेका दुई र कपिलवस्तुका एक जनामा कोरोना पुष्टि भएको छ।

उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।