झापामा ३३ जना कोरोना सङ्क्रमित

0
Shares

उत्तम नेपाल,भद्रपुर ।

झापाको कचनकवल गाउँपालिकामा आज (विहीबार) एकैदिन २३ जना थपिएका छन् । बिहीबार बिहान थप १५ जना थपिएकोमा अहिले दिउँसो आठ जना थपिएको हो । यो सँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ३३ पुगेको छ । झापामा भने संक्रमितको सङ्ख्या ३५ पुगेको हो ।

त्यसमध्ये मङ्गलवार १, बुधवार ९ र बिहीबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा बसेका कोरोना पुष्टि भएका २३ जनालाई चार वटा एम्बुलेन्समा हालेर धरान कोभिड १९ अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

बिहीबार देखिएका २३ जना नै पुरुष रहेका छन् । त्यसमध्ये वडा नम्बर ३ का नौ जना, वडा नम्बर ४ का दश जना, वडा नम्बर ५ का तीन जना र वडा नम्बर ६ का एक जना रहेको बताइएको छ । उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मका छन् । उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका थिए ।