कोरोना संक्रमण हुने महिला भन्दा पुरुष बढी

0
Shares

भगबती तिमल्सिना,काठमाडौं ।

विश्वमा नै कोरोना संक्रमण महिलामा भन्दा पुरुषमा बढी देखिएको छ भने पछिल्लो समय बालबालिकामा पनि देखिन थालेको छ । यसका साथै दुब्ला मान्छेमा भन्दा मोटा मानिसमा अझ बढी संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुले औल्याएका छन् ।

महिलामा भन्दा पुरुषमा एसटु रिसेप्टर बढी हुने हुनाले पुरुषमा बढी संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुको ठम्याई छ । कोरोना भाईरस फोक्सोमा गएर टासिन्छ र फोक्सोमानै बढी फैलन्छ । भाईरसको काम नै शरिरको रोगसँग लड्ने शक्ति कम गराउँदै संख्या बृद्धि गर्ने र स्वरुप परिवर्तन गर्ने हुन्छ ।

अमेरिकाकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा बिस्तारै सुधार आएको अमेरिकाको न्यूयोर्क स्थित मेथोडिक्स अस्पतालमा कार्यरत एक नेपाली नर्सले जानकारी गराउनुभयो ।उहाँका अनुसार मधुमेह, उच्च रक्तचाप, मुटु रोगीहरुलाई बढी समस्या हुन्छ ।अमेरिकामा कोरोना संक्रमण भएकाको शरिरको क्षमताको ल्याब परिक्षण गरि एनटीभाइरल औषधि प्रयोग गर्दै आएकोछ । तर यो औषधिको साइड इफेक्ट बढी हुन सक्छ ।

लिभर, मृगौला, मुटु, स्वासप्रस्वासको समस्या भएका बिरामीलाई यस्तो औषधि प्रयोग गर्नुअघि सम्पूर्ण परिक्षण गरिन्छ । ब्लडप्रेसरको औषधि एसेनिभिटर खाईरहेका बिरामीमा बढी संक्रमण भएको पाईयो । शुरुका दिनमा यो औषधि खुवाउने वा नखुवाउने दुविधा भए पनि अहिले भने नियमित सेवन गरेको औषधि छुटाउन नहुने निष्कर्षमा स्वास्थ्यकर्मीहरु पुगेका छन् ।

न्यूयोर्कका अस्पतालहरुमा लामो समय कोरोना संक्रमित बिरामीको मात्र चाप भएकाले अन्य बिरामी अस्पताल नै नगई बसेका थिए । अहिले न्यूयोर्कका अस्पतालमा कोरोना संक्रमितको चाप घटेसँगै गीलनबरी, सिकलसेल, मुटुका रोगी र मृगौलाका गम्भिर प्रकृतिका बिरामीहरुको चाप बढेको छ । यतिबेला कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घटेसँगै अन्य बिरामीहरुको मृत्यु हुने दर बढ्दैछ ।

अहिले कोरोना भएका मात्र नभै अन्य बिरामी पनि उपचारका लागि आउन थालेका छन् । पहिला अन्य समस्या भएका बिरामीहरु उपचारका लागि अस्पतालमा आउन डराएका थिए । पछिल्लो समय मुटुका गम्भिर समस्या भएका बिरामीहरु आउन थालेका छन् । हर्टयाट्याक भएर आउनेको पनि गम्भिर अवस्थामा अस्पताल पुग्ने गरेका कारण मृत्यु हुन थालेको छ ।

तर उनीहरुमा कोरोना संक्रमण भने भएको पाईएन । विश्वमानै यतिबेला कोरोनाका बिरामीलाई मात्र प्राथमिकतामा राखेर हेर्दा अन्य खालका बिरामीहरु उपचारको दायरामै नपुग्दै मृत्यु वरण गरिरहेका छन् । यस्तो अवस्थामा जनचेतना र आत्मबल बढाउँदै कोराना बाहेकका बिरामीको पनि उपचार सेवामा पहुँचको विस्तार गर्नुपर्ने अमेरिकाका स्वास्थ्यकर्मीहरुको ठम्याई छ ।

नेपालमा जस्तो विकसित मुलुकहरुमा तत्कालै अस्पताल गएर परिक्षण गराउन नपाउने भएकाले २ देखि ३ हप्ता अगाडिनै चिकित्सकको टाईम लिएर नियमित परिक्षणका लागि जानुपर्ने हुनाले कोरोना संक्रमणका कारण अमेरिकामा यस्ता बिरामीले समयमा उपचार र चिकित्सकको सल्लाह नपाएका कारण जटिल अवस्थामा अस्पताल पुग्न थालेका छन् । नेपालले पनि कोरोना मात्र नभनी मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप जस्ता जटिल समस्याका लागि विशेष अस्पतालको व्यवस्था गर्नु उचित हुने देखिन्छ ।

नेपालमा पनि कोरोना संक्रमण हुनेहरु महिलाको दाँजोमा पुरुषको संख्या निकै उच्च रहेको छ । विहिवार सम्म नेपालमा ४ सय ५३ जना संक्रमित मध्ये महिलाको संख्या सय भन्दा कमै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालका ७७ जिल्ला मध्ये अहिले सम्म ३८ जिल्लामा संक्रमित प्रमाणित भएका छन् ।

जसमा सबै भन्दा बढी उमेर ८१ बर्षको १ जना रहेको छ भने सानो उमेर १० बर्ष सम्मको १६ जना रहेका छन् । त्यसैगरी २१ बर्ष देखि ३० बर्ष उमेर समूहका बढी संक्रमित देखिएका छन् । यसको प्रमुख कारण भनेका युवाहरु धेरैजसो घरबाहिरका काममा हुने हुनाले उनीहरुनै बढी संक्रमित देखिएका हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।