क्रिमशन अस्पतालका १९ र छाँया पोलिक्लिनिकका १० जनाको कोरोना रिपोर्ट नेगेटिभ

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको क्रिमशन अस्पतालवाट लगिएको स्वाब मध्ये १९ जनाको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ । अस्पतालवाट २९ जनाको स्वाब परीक्षणका लागि लगिएकोमा १० जनाको आउन वाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।उनिहरुको पिसिआर परिक्षण गरिएको हो ।

त्यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा रहेको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह घर भएका ४१ वर्षिय पुरुषकको वैशाख ३१ गते दिउँसो ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा उपचार गरि थप उपचारका लागि जेठ १ गते रुपन्देहीेको क्रिमशन अस्पताल ल्याईएकोे थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत विरामीमा कोभिड १९ संक्रमित देखिएपछि कोरोना संक्रमित देखिएको क्रिमशन र उपचार गराएर गएको भन्ने खुलेपछि दुवै अस्पताल सिल गरिएको थियो । कोरोना परीक्षणको लागी भैरहवामा १० जनाो स्वाब पठाइएकोमा सबैको रिर्पोट कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनु भयो ।