गुल्मी मदानेका शिक्षकमा कोरोना संक्रमण देखिएपछि ६९ जनाको स्वाब संकलन

0
Shares

यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत विरामीमा कोभिड १९ संक्रमित देखिएपछि ६९ जनाकोे पिसिआर परिक्षणका लागि स्वाब सकंलन गरिएको छ । गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल पुर्णरुपमा शिल गरिएको हो ।

शिक्षण पेशामा रहनु भएका उहाँलाई संक्रमण देखिएपछि गुल्मीको मदाने गाउँपालिका पुर्कोटदहका विरामीका घरपरिवार र उहाँसंग सनिकट रहेका ३० जनाको स्वाब संककलन गरिएको छ । त्यस्तै क्रिमसन अस्पतालमा कोभिड-१९ संक्रमित देखिएका गुल्मीका विरामीको उपचार गरिएको अर्घाखाचीको सन्धीखर्कमा रहेको छायाँपोलिकिल्नीक पनि शिल गरि त्यहा कार्यरत १० जनाको पनि स्वाब संकलन गरि परिक्षणका लागि रुपन्देहीको भैरहवा पठाईएको छ ।

शिल गरिएको अस्पतालवाट कोरोना संक्रमित व्यक्तिको उपचारमा नजिकवाट काम गरेका चिकित्सक ,अस्पतालका कर्मचारी र विरामीका सहयोगि गरि २९ जनाको स्वाब सकंलन गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिको उपचार गरिएको अस्पतालको ईमेरजेन्सी, आईसियू र वाडमा कार्यरत २६ जना र विरामीका सहयोगि ३ जनाको स्वाब संककलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।

सोमवार कोरोना संक्रमित देखिएकका गुल्मी मदाने ६ का शिक्षकको भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो । उनी यही जेठ १ गते जण्डिस रोगको उपचारका लागि गुल्मीबाट अर्घाखाँची हुदै रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा आएका हुन ।

उहाँको क्रिमसन अस्पताल मणिग्राममा भेण्टिलेटरमा राखेर उपचार भैरहेको छ । जिल्लामा सवैका लोकप्रिय रहेका शिक्षकलाई कसरी कोभिड १९ पोजेटिभ देखियो भन्ने विषयमा आम जनमानसमा जिज्ञासा उत्पन्न भएको छ ।

उहाँ मदाने गाउँपालिका वडा नम्बर ६मा संचालित कङकेदेउरालीे आधारभुत विद्यालयका प्रअ रहनु भएको छ । त्यस्तै गरि शिक्षक महासंघ मदाने गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका उहाँको क्रिमसन अस्पातालमा आईसियुमा भेन्टीलेटरो सहयोम उपचार भईरहेको अस्पतालले जनाएको छ ।