संक्रमणको पुष्टीसंगै माईतीगाउँ पुरै ‘सिल’

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका अन्तर्गतका सात वडा बुधबार मध्यान्नबाट सिल गरिएका छन । देवचुली २ माईत भएकी २४ वर्षीया युवतीमा कोभिड १९ संक्रमण देखिए पछि उनी बस्दै आएको यो क्षेत्रलाई सिल गरिएको हो ।

युवतीको ५ दिन अघि लिईएको स्वावमा कोरोना पुष्टी भए पछि देवचुली नगरपालिकाको सिफारिसमा स्थानीय प्रसाशनले वडा नं २ सहितको क्षेत्रलाई ५ दिनका लागि सिल गरेको हो । स्वास्थ्य मन्त्रालयले मंगलबार नवलपरासीका १ महिलामा कोभिड १९ पुष्टी भएको सार्वजनिक गरे लगतै पूर्वी र पश्चिम नवलपरासीमा सन्त्रास बढेको थियो ।

कोभिड १९ पुष्टी हुने युवती देवचुली माईत भएकी भन्ने जानकारी भए पछि यहां बाक्लो संख्यामा सुरक्षा कर्मी उतारेर यो क्षेत्रलाई सिल गरिएको हो । रुपन्देहीको कोटिहवा घर भएकी युवती आफ्ना श्रीमान सहित काठमाण्डौ फर्कदा बाटोमा पर्ने माईतीघर दुम्कौली पसेर १० दिन बिताएकी थिईन ।

माईतबाट काठमाण्डौ पुगेकी ति युवतीले स्वाव संकलनका बेला आफ्नो ठेगाना नवलपरासी टिपाएकाले मन्त्रालयको रिपोर्टमा उनको माइत देवचुली भएको पत्ता लागेको थियो ।स्थानीय चौधरी उद्योग ग्राम र स्वास्वत धाम समेत पर्ने यो क्षेत्रमा युवतीका माईतीको पसल समेत रहेकाले उद्योगका मजदुर समेत किनमेलका लागि पुगेको आशंकामा पुरै साविक दिब्यपुरी गाविस सिल गर्नु परेको हो ।

केही दिन अघि चौधरी उद्योगका करिव ५ सय मजदुर कार्यक्षेत्रमा कोभिड सुरक्षा सतर्कता नभएको भन्दै काराखाना छोडेर हिडेका थिए । उद्योगमा सामान लिई आउने भारतीय मालबाहक सवारीका चालक, सहचालक समेतको प्रत्यक्ष हेलमेलले गर्दा कामदारमा कोरोना सन्त्रास बढेको जनाउदै मजदुरहरु आन्दोलित थिए ।

उद्योगमा कार्यरत केहीको आरडिटी गरिए पनि धेरै मजदुरहरु कोभिड १९ को परीक्षण विनै घर फर्किए पछि स्थानीय गाउंघरमा संत्रास बढेको थियो । चौधरी उद्योगका अधिकांश मजदुर यसै क्षेत्रका रहेकाले स्वास्थ्य सतर्कता लागि यहांका ५ वडा सिल गरिएको नगर पालिकाका प्रमुख प्रसाशकीय अधिकृत विष्णु प्रसाद भुसालले बताउनु भयो ।

सिल गरिएको स्थान पुर्व पश्चिम राजमार्गको मुकुण्डे खोला देखि पश्चिम दलदले बजार पुर्वको उत्तर दक्षिण सवै क्षेत्र पर्दछ । पछिल्लो समय दुम्कौली माईती आएकी युवतीमा कोभिड १९ देखिएसंगै यहां परीक्षणको दायरा बढाउन माग बढेको हो । यसैवीच युवतीका माईती परिवारमा १२ जनाको परीक्षणका लागि स्वाव संकलन कार्य सकिएको जिल्ला जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताउनुभयो ।