थपिए २५ नयाँ कोरोना संक्रमित,नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार मात्रै नेपालमा थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् । बुधबार विहान कपिलवस्तुमा १३ जना थपिएका छन् । कपिलवस्तुको विजयनगरका २२,३५,४८बर्षीय पुरुषहरु छन्  भने  कपिलवस्तुकै महाराजगन्जका २,४,६ वर्षका बालक, ३ बालिका,३ महिला  रहेका छन् ।

 मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए । यस्तै आठ जना कोरोना संक्रमणमुक्त भएपछि घर फर्किएका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।