गाउँमै गर्भवतीको भिडियो एक्सरे सेवा पाउँदा खुसीयाली

0
Shares

सिताराम अधिकारी,धादिङ ।

बन्दाबन्दीको समयमा धादिङको गंगाजमुना गाउँपालिकाका गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा संचालन गरिएको छ ।विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागि भएका छन् ।

बन्दाबन्दीका कारण नागरिकहरु घरमै रहेको बेला गर्भवती महिलाहरु जिल्ला सदरमुकाम तथा टाढाका कुनै पनि स्वास्थ्य संस्था जान नसकेको अवस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीले गाउँघरमा नै पुगेर गर्भवती महिलाहरुको भिडियो एक्सरे गर्नु भएको हो । बुढाथुम स्वास्थ्यचौकीकी अनमी सुनिता अधिकारी एउटा ल्यापटप र भिडियो एक्सरेका लागि आवस्यक सामाग्री बोकेर विकट गाउँसम्म गर्भवती महिलाहरुको भिडियो एक्सरे गर्न हिड्नु भएको थियो ।

विगत भन्दा धेरै संख्यामा यस पटक गर्भवती महिलाहरुले सेवा लिएका छन् । बसेरी स्वास्थ्य चौकीमा २४ जना, फूलखर्क स्वास्थ्यचौकीमा १६ जना, गुम्दी स्वास्थ्यचौकीमा ३३ जना। रि स्वास्थ्य चौकीमा २५ जना र ताजिम्राङ स्वास्थ्य विन्दुमा २३ जना र बुढाथुम स्वाथ्यचौकीमा १८ जनाको गरि १ सय ३९ जनाले ग्रामीण भिडियो एक्सरे सेवा लिएको अनमी अधिकारीले बताउनुभयो । यस अघि संचालित यहि सेवामा ९७ जनाले मात्र यो सेवा लिएका थिए । बन्दाबन्दीले मानिसहरु गाउँ आएको र सुविधासम्पन्न अस्पताल जान नपाएपछि गाउँमै स्थानीय तहको सरकारले दिएको सेवामा सहभागि भएको बताइएको छ ।

गंगाजमुना गाउँपलिकामा हरेक तिन महिनामा ग्रामीण भिडियो एक्सरे सेव संचालन गरिँदै आएको छ । अनमी सुनिता अधिकारीले ग्रामीण भिडियो उक्सरे (अल्ट्रासाउण्ड) तालिम लिएपछि गर्भवती महिलाहरुको गाउँगाउँमा पुगेर भिडियो एक्सरे कार्यक्रम संचालन गर्नु भएको छ

बन्दाबन्दीले गर्दा मानिसहरु कोही बाहिर नहिडेको बेला विकट गाउँहरुमा ज्यानको बाजी राखेर ग्रामीण महिलाहरुको गर्भ परिक्षणमा हिड्दा आफूलाई खुसी महसुस भएको अधिकारीको भनाइ छ ।

विगतको तुलनामा यस पटक धेरै महिलाहरको जाँच गरिएको थियो महिलाहरु बन्दाबन्दकिा कारण गाउँमा पुगेर बसेको र सुविधासम्पन्न अस्पतालहरु जान नपाएपछि गाउँमै भएको गर्भवीको भिडियो एक्सरेमा सहभागि भएका थिए ।

यसैगरि नेत्रावती डबजोङ गाउँपालिकामा गत आइतबार देखि सुरु भएको गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्स–रे सेवा सकिएको छ ।

कटुन्जे स्वास्थ्य चौकीमा ४३ जना, सेमजोङ स्वास्थ्य चौकीले २० र मार्पाक स्वास्थ्य चौकीले १४ जना गर्भवती महिलाको गर्भको परिक्षण गरीएको मार्पाकबाट मन्जु थापाले जानकारी दिनु भएको छ । ग्रामिण क्षेत्रमा अल्ट्रासाउड ( भिडियो एक्स रे ) कार्यक्रमले मातृ मृत्यु तथा नव शिशु मृत्यु दर घटाउन यो कार्यक्रम संचालन गरिएको हो । घर आगनमै गर्भवतीहरुले सेवा पाएपछि उनिहरुले खुसी व्यक्त गर्दै गाउँमै सरकार आएको प्रतिक्रिया दिएका छन् ।