क्रिमसन अस्पतालका कोरोना संक्रमित भेन्टिलेटरमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पातालकमा उपचाररत कोरोना संक्रमित बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको हो ।

यसअघि बुधबार बिहानै उनको कोरोना भाईरसका कारण मृत्यु भएको खबर प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमार्फत् मिडियामा बाहिरिएको थियो । गुल्मी निवासी बिरामी गत जेठ १ गतेदेखि क्रिमसन अस्पतालमा भर्ना भएका हुन् । उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको हो ।

यस अघि न्युज अफ नेपाल डटकममा प्रकाशित समाचारका कारण परिवारजन, आफन्त र पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं।