मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई समर्थन गर्दै ट्वीट गरेपछि खनिए भारतीय मिडिया

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अभिनेत्री मनिषा कोइराला एक ट्वीटका कारण विवादमा तानिएकी छिन्। नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध खनिन थालेका छन् । मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।

उनले लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यस विषयमा भारतका साना देखि ठुला मिडियाहरुले त्यसको प्रतिरोध गरिरहेका छन् । कतिपय मिडियाहरु त चीनको इशारामा मनिषाले उक्त ट्वीट गरेको दाबी गरेको आरोप लगाउँछन् । मनिषाको उक्त भनाइपछि सञ्चार माध्यममा मात्र होइन सामाजिक सञ्जालमा समेत जाइलागेका छन् ।

त्यतिमात्र नभएर मंगलवार संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भयो भन्ने प्रशंगमा पनि भारतीय मिडियाहरुले खण्डन गर्न थालेका छन् ।