चन्द्रागिरीमा गरियो ११३ जनामा -यापिड टेष्ट,शुक्रबारसम्म नगर क्षेत्र ‘सिल’

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

५२१ जनाको आरडीटी परीक्षण गर्ने लक्ष्य लिइएको चन्द्रागिरि नगरपालिकामा आज ११३ जनामा आरडीटीमार्फत् कोरोना अर्थात् कोभिड(१९ परीक्षण गरिएको छ। यसैगरी, २० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

चन्द्रागिरि नगरपालिकामा पाँचजनामा कोरोना संक्रमित देखिएपछि आजदेखि परीक्षण सुरु भएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिका उच्च जोखिममा रहेको भन्दै ३ जेठबाट नगर सिल गरिएको थियो।

७ जेठसम्म सिल गरिएको नगर क्षेत्र अब ९ जेठसम्म कायम रहनेछ। चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गर्ने पाँचजनामा कोरोना संक्रमण देखिएको छ। क्वारेन्टाइनमा रहँदा कोरोना पोजिटिभ देखिएको खण्डमा दहचोकमा रहेको मनमोहन अस्पतालको आइसलेसनमा राख्ने व्यवस्था पनि गरिएको छ। १५ वटा वडा रहेको नगरपालिकामा अहिलेसम्म तीनवटा वडामा मात्र कोरोना परीक्षण गरिएको छ।