कोरोना ट्रेसिङमा खटिएका डाक्टरमा संक्रमण

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमण नियन्त्रणका लागि अग्र पंक्तिमा खटिएका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमण पुष्टि भएका काठमाडौका २७ जना मध्येका एक जना चिकित्सक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रही काठमाडौ र विभिन्न जिल्लामा नमूना संकलनका क्रममा खटिदै आउनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित ललितपुर निवासी डाक्टर पछिल्लो समय कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा कपिलवस्तु देखिएको संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङ लिन खटिनुभएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

आज संक्रमित भएको २७ जना मध्ये ५ जना काठमाडौ उपत्यकाका रहेका छन् । फिल्डमा खटिएका डाक्टरमा संक्रमण देखिएको यो पहिलो घटना भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको भनाई सार्वजनिक भएको छ ।