बन्दाबन्दीकोे समयावधिमा ३ सय ३६ जना महिला तथा बालिकामाथि हिंसा

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं ।

बन्दाबन्दीको समयमा ३३ वटा जिल्लाहरुमा ३ सय ३६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाईएको छ । गएको एक हप्तामा ८६ वटा महिला तथा बालिकामाथि भएका हिंसाका घटना संस्थाले अभिलेखिकरण गरेको छ । यसैगरी बन्दाबन्दी शुरु भएपछि विगतका हप्ताहरुमा भएका थप १९ वटा घटनाहरु यो हप्तामा महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा गरिएको अभिलेखिकरणमा सामेल भएका छन् ।

अभिलेखिकरण भएका घटनाहरुमध्ये सबैभन्दा बढी १९८ वटा घरेलु हिंसाका घटना रहेका छन् । त्यस्तैगरि २९ वटा सामाजिक हिसाका घटनाहरु रहेका छन् । सामाजिक हिंसाका घटनाहरुमा १४ वटा जवरजस्र्ती तथा कम उमेरको विवाह, ११ वटा घटनाहरु चारित्रिक आरोपका, ४ वटा बोक्सिको आरोपमा मानसिक यातना दिएका घटनाहरु रहेका छन् ।

यसैगरी ४८ वटा बलात्कार, १० वटा बलात्कारको प्रयास, १२ वटा यौन दुव्र्यवहार, ५ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, १६ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र १० वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् ।

अभिलेखिकरण गरिएका घटनाहरुमा सबैभन्दा बढी १ सय ५५ जना श्रीमान्् र ६७ जना परिवारका सदस्यहरुको संलग्नता रहेको पाईएको छ । यस्तैगरि ६६ जना छिमेकी, १७ जना परिवारका सदस्यबाट, ७ जना साथीबाट, ४ जना घरमालिक, ३१ जना पहिचान नखुलेको व्यक्तिबाट हिंसा भएको पाईएको छ ।

हिंसामा संलग्न भएका पीडकहरुमध्ये सबैभन्दा बढी १ य १२ जना २५ देखि ३५ वर्ष समुहका रहेको पाईएको छ । यस्तैगरि क्रमश ३६ देखि ४५ वर्ष उमेर समुहका ८४ जना, १७ देखि २५ वर्षका ७२ जना, ४६ वर्षमाथिका ३८ जना, १६ वर्षभन्दा कम उमेरका २ जना, र उमेर समुह थाहा नभएको ३९ जना रहेका छन् ।

हिंसा प्रभावितहरुमध्ये सबैभन्दा बढी १ सय ८ जना महिलाहरु १७ देखि २५ बर्ष उमेर समूहका रहेको पाईएको छ । यस्तैगरी २६ देखि ३५ वर्ष उमेर समूहका १ सय ३ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ४७ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका २६ जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्षभन्दा कम उमेरका ४४ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका ८ जना हिंसाबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये १ सय ५९ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३९ जना मेलमिलाप समितीमा गएको, ४१ जना हिंसा सहन नसकेर आमाबुवाको घर÷ आफन्तकोमा गएर बसिरहेका र ९७ जना प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेको र वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित २ सय ८६ र ३ सय ८ हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य गरी जम्मा ५ सय ९४ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको छ । यी मध्ये ३० वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका छन् ।