थाइ एयरवेज कंगाल !


बैंकक,(एजेन्सी) ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार थाइल्यान्ड अहिले राष्ट्रिय ध्वजाबाहक थाइ एयरवेज इन्टरनेसनलको अस्तित्व जोगाउनका लागि कुनै पनि कम्पनीलाई कंगाल हुनबाट कानुनी सहयोग प्रदान गर्ने अन्तर्राष्ट्रिय अदालतको शरणमा जाने योजना बनाएको छ ।

यस अघिको एयरवेजलाई उद्धार गर्ने योजना थाइ सरकारले परिवर्तन गरेको सरकारी प्रवक्ता नारुमोन पिन्योसिनावाटले मंगलवार भनेकी छन् , ‘ सरकार एयरवेजलाई बचाउन अदालतमा पुग्ने निर्णय गरेको छ ।

यस सम्बन्धी प्रक्रियागत दस्तावेज भोलि मन्त्रीपरिषदमा पेश गरिने छ । ’ यस अघि सरकारी ग्यारेन्टिमा एयरवेजलाई जोगाउन २ अर्व ६० करोड अमेरिकी डलर ऋण दिलाउने योजना बनेको थियो ।

विश्व्यापि कोभिड १९ महामारीको कारण हवाइ उडान स्थगित हुँदा विश्वका अन्य थुप्रै एयरलायन्स पनि अनपेक्षित परिमाणमा आर्थिक नोक्सानी बेहोर्न बाध्य भएका छन् ।