पर्सामा जारी निषेधाज्ञा हट्दै, लकडाउन थप कडा बनाइने

0
Shares

न्युज अफ नेपाल,वीरगञ्ज ।

पर्सामा गत वैशाख ३१ गतेदेखि जारी भएको निषेधाज्ञा हटाइने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकद्वारा सोमबार राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको हो ।

जिल्लामा लागू गरिएको निषेधाज्ञा हटाउँदै लकडाउनलाई प्रभावकारी बनाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बैठकले समाजिक दुरी कायम गरेर कृषि तथा खेतीपाती गर्न दिने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, बिउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको बस्नेतले बताए । यसैगरी बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ ।