सिजि कम्पनीको चरम लापरवाही:श्रमिकको जीवनसंग खेलवाड,सरकारी मापदण्ड विपरित उद्योग चलाईदै

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ।

सिजी कम्पनीद्वारा संचालित उद्योगले सरकारी मानपदण्ड नै पुरा नगरी आफूहरुलाई काममा लगाएर श्रमिकको जिवनमाथि खेलवाड गरेको भन्दै उद्योगमा कार्यररत श्रमिक आन्दोलनमा उत्रिएका छन् । नवलपुरको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक शुक्रबार बिहान देखि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सरकारले तोकेको मापदण्ड पुरा गरि उद्योग संचालन गर्न अनुमत दिएपनि उद्योगले मापदण्ड पुरा नगरि जोखिम बढाएको आरोप लगाएका छन् । यस अघि २ सय ५५ मजदुरहरुलाइ काममा लगाउने गरि उद्योग संचालन शुरु गरेपनि त्यहाँ अहिले ६ सय भन्दा बढी मजदुर कार्यरत रहेको भन्दै स्थानीय र मजदुरले बिरोध जनाएका हुन् ।

जिल्ला प्रशाशन कार्यालय नवलपुर र देबचुली नगरपालिकाले सो बिषयको अनुगमन गर्ने भनेपनि अनुगमन नगरि उद्योग संचालन गर्न दिएको नाम उल्लेख नगर्ने सर्तमा एक मजदुरले जानकारी दिए । श्रमिकहरुले विना सुरक्षा काममा लगाएका कारण आफुहरु जोखिममा परेको गुनासो गरेका छन् । संचारकर्मीको सम्पर्कमा आएका ति मजदुरले भने,“भारत लगाएत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट मालबाहल ट्रक आउँछन् , त्यसका चालकहरु संगै बस्छन् , खान्छन् ।

हामी जोखिममा छौं । ” उनले उद्योग व्यवस्थापनले मजदुरहरुको सुरक्षाका लागि वेवास्ता गरेको बताए । उद्योगले अहिले त्यहा कार्यरत मजदुरहरुलाइृ घर जान दिएको छैन । खाने बस्ने लगायतको प्रवन्ध उद्योग भित्रै गरिएको छ । तर श्रमीकहरुले भने खानाको उचित प्रवन्ध नभएको , सुत्नका लागि बनाईएको क्वारेण्टाईनमा क्षमता भन्दा तेव्वर मान्छे सुत्न परेको , सामाजिक दुरी कायम नभएको लगायतका ग्नासो गरेका छन् । श्रमिकहरुल आफुहरुको उचित प्रवन्ध गन नसके आफुहरुलाइृ घर जान दिन माग गरेका हुन् ।

सिजि कम्पनीका मालिक विनोद चौधरी नेपाली कांग्रेसबाट मनोनित सांसद समेत हुन । उनको कम्पनीमा कार्यरत मजदुरहरुको जीवनमाथी नै यसरी खेलवाड गरिनु राज्यको उच्च पदमा रहेका ब्यक्तिले यसरी लापवार्ही गरिनु पक्कैपनि कानुन मान्दिनँ भन्नु जस्तै हो । राज्यले कोरोनाको सन्त्रास पछि एउटा मापदण्ड बनाएर उद्योग संचालन गर्ने नीति नियम बनाएपनि उक्त नियम लागु नगरेरै यसरी मजुरलाई काम गराउनु चरम लापरवार्ही भएको स्थानीय एक संचारकर्मी बताउछन् । उनी भन्छन – यो समस्या पहिलेबाटै छ यस उधोगमा कुनैपनि मापदण्ड पुरा नगरि संचालन गरिएको छ ।

बिहिबार साँझ स्थानीयहरुले समेत श्रमिकहरुलाइ उचित प्रवन्ध गरेर राख्न माग गर्दे प्रर्दशन गरेका थिए । चौधरी उद्योगका महाप्रवन्धक रामकाजी सिटौलाले आफुहरुले मापदण्ड अनुसारनै उद्योग संचालन गरेको बताउनुभयो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारले तोकेको मापदण्ड अनुसार उद्योग संचालन गर्न आफुहरुले भनेको बताउनुभयो । उहाले भन्नुभयो “मापदण्ड पुरा गर्ने पर्छ ,श्रमिकको सुरक्षामा ध्यान दिन पर्छ ।” जिल्ला प्रशासन कार्यालयले मापदण्ड पुरा गरेर मात्र संचालन गर्न अनुमती दिएको भन्दै मापदण्ड पुरा नगरी उद्योग संचालन गर्न नपाईने घिमिरेले बताउनुभयो ।

.