नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।आईबार साँझ प्रदेश १ मा ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यस अघि आइतबार बिहान पनि १० जना संक्रमित थपिएका थिए भने बाँकेको बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु भएको थियो ।

मृत्यु पछि गरिएको स्वाब परीक्षणमा ती युवामा कोरोना भाइरस पुष्टि भएको थियो । आइतबार साँझ थपिएका संक्रमितमा विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन् भने धनकुटाका ३४ बर्षकी महिला छिन् । संक्रमित महिला नर्स भएको बताइएको छ ।