दुई ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु

0
Shares

लखनउ, (एजेन्सी) ।

भारतको उत्तर प्रदेश रायको औरैया जिलामा दुई ट्रक आपसमा ठोक्किँदा कम्तिमा २४ मजदुरको मृत्यु भएको छ । घटनामा कयौं मजदुर घाइते भएको र उनीहरुलाई नजिकका अस्पतालमा पुर्याइएको छ । ती सबै मजदुर राजस्थानबाट आइरहेका थिए ।

दुर्घटनामा परेका धेरैजसो मजदुर बिहार, झारखन्ड र पश्चिम बंगालको भएको बताइएको छ । दुर्घटना स्थलमा उद्धारकार्या भइरहेको र गम्भिर रुपमा घाइते भएकालाई सेफई मेडिकल कलेजमा भर्ना गरिएको छ ।

दिल्ली कानपुर हाइवेमा विहान भएको उक्त दुर्घटनामा रोकेको ट्र्कलाई अर्को ट्र्कले हिर्काएको हो । रोकेको डिसीएम ट्र्कमा यात्रा गरिरहेका मजदुर नजिकै चिया पिइरहेका थिए । मर्नेमा धेरैजसो ठोक्किन आएको ट्र्कमा सवार रहेका मजदुर भएको बताइएको छ ।

कोरोना कहरका कारण उत्पन्न अब्यवस्थित लकडाउनले भारतमा लाखौं प्रवासी मजदुर कठिन यात्रा गर्दै घर फर्कन बाध्य भइरहेका छन् । यस क्रममा कयौं मजदुरको मृत्यु भइसकेको छ ।

यसअघि महाराष्ट्र्को औरंगाबादमा रेल लिकमा १६ मजदुरले ज्यान गुमाएका थिए ।