स्वदेश फिर्ता हुन चाहने नागरिकलाई आफ्नै देश लैजानुपर्ने


भूपराज बस्याल, काठमाडौ

नेपाल अर्थतन्त्र ठूलो हिस्सा ओगटेको रेमिटेन्स र तिनै रेमिटेन्स पठाउने नेपालीहरु अहिले सरकारको सहारा खोजी रहेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) कारणका बिश्वाका प्राय देशहरु लकडाउनमा रहेको हुदाँ बिदेशमा रहेर तिनै लकडाउनको मारामार परेका नेपालीहरुले सरकारको उद्घार गर्ने पर्खाइमा छन् ।

सरकारसंग यकिन डाटा नभएपनि साठिलाख भन्दा बढी बिदेशमा रहेकानेपालीहरु सबै एकैसाथ फर्कन भने सरकारको पर्खाइमा बसेका छैनन् । अति समस्यामा परेका नगरीकहरुलाई भने उद्घार गर्न बिदेशीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय विभिन्न संघ सस्थाहरुले समेत सरकारलाई आग्रह गरेका छन् ।

सोमालियजस्तो देशले दुबईबाट स्वदेश फिर्ता हुन चाहने आफ्ना नागरिक स्वदेश फिर्ता लग्यो भने नेपाल सरकारले पनि समस्यको पहिचान गरि त्यस्ता नागरिकलाई आफ्नै देश लैजानुपर्ने दुबईमा बसेर लामो समय पत्रकारितामा सक्रिय बिनोद श्रेष्ठको भनाइ छ । उहाँ भन्नू हुन्छ सोमालिय मात्रै होइन पाकिस्तान, भारत, इजिप्ट, फिलिपिन्स लगायतले दुबईमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्घार गरिसके नेपाल सरकारले पनि अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई स्वदेश लैजान ढिला गर्नु हुदैन ।

नेपाल समाचारपत्रसंग कुराकानी गर्दै उहाँले समस्य परेका नेपालीहरु लगेर आफ्नै देशको क्वारेन्टाइनमा राख्नु पर्ने बताउनुभयो । भिजिटमा आएर अलपत्र परेका आफ्ना परिवार भेटघाटको लागि आएका कम्पनीबाट काम बिहिन भएका, गर्भवती महिला लगायतलाई तत्काल नेपाल लैजानुपर्ने नेपाल नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यवाहक अध्यक्ष मेघराज सापकोटाको भनाइ छ ।

पत्रकारिता सक्रिय सापकोटा भन्नुहुन्छ दैनिकी जसो यस्ता समस्यका कलहरु आउने गर्छन् । खान बस्नको लागि त युएईमा रहेका विभिन्न सक्रिय संघसस्थाहरु सहकार्य गरे बन्दबस्त गरेका छौं तर अन्य समस्यहरु जस्तै बच्चा जन्माउनको लागि आवश्यक खर्च लगायत जो स्वयम कामदारले पनि पनि जुटाउन सक्ने अवस्था छैन । हामीले पनि त्यत्रो रकम जोहो गर्ने अवस्था छैन । त्यसैले त्यस्ता नागरिक पहिचान गरेर नेपाल सरकारले उद्घार गर्नुपर्छ ।

दुई लाख ७५ हजार नेपालीहरु रहेको युएईमा यहि कोरोना भाइरसका कारण करिब ३० प्रतिशतको रोजगारी गुम्ने अवस्था सिर्जना छ भने अन्य देशहरुमा पनि यस्तै अवस्था भएको हुँदा त्यस्ता नागरिकलाई समयमै उद्घार गरि अन्य नागरिकलाई भयभीत नतुल्याउन उहाँको सुझाव छ ।

खान नपाए दूतावासमा सम्पर्क गर्नुस् , नेपाल सरकारलाई यहाँ रहेका नेपालीहरुको बारेमा जानकारी गरासकेका छौं ।

दुर्गा भण्डारी
राजदुत
नेपाली राजदुतावास, कुवेत

हामीले सामाजिक संजाल लगायत विभिन्न संचारमाध्यमहरु बाट कुवेतमा खान नपाउने अवस्थामा कोहि हुनुहुन्छ भने दूतावासमा सम्पर्क गर्न आव्हान गरेका छौं । दूतावासको सम्पर्कमा आउनु भएका नेपाली नागरिकहरुलाई खाना ब्यबस्था पनि गरेका छौं ।
यहाँ अप्ठ्यारोमा परेका नेपालीहरु मात्रै नभएर विभिन्न देशका नागरिकहरुलाई कुवेत सरकारले राहत दिएको छ भने सम्बन्धित कम्पनीले पनि आफ्ना कामदारहरुलाइ लकडाउनको अवधिभर खानबस्नको ब्यबस्था गरेको छ ।

सम्बन्धित कम्पनीबाट पनि खान बस्न नपाउनु भएका र सरकारको राहत प्याकेज पनि नपाउनु भैइ दूतावासको सम्पर्कमा आउनु भएका हरुकालाई सम्बन्धित कम्पनी वा यहाँको सरकारले प्रदान गरेको राहत उपलब्ध गराउदै आएका छौं । सरकारको राहत पनि लिन नजाने र कम्पनीले राहत नदिएका नेपालीहरुलाई यहाँ स्थित विभिन्न संघसस्थाको सहयोग राहत उपलब्ध गराउदै आएका छौं । लकडाउन भएको हुँदा संघसस्था पनि सहजै जान पाउने अवस्था नभएको हुँदा त्यसको सहजीकरण दूतावासले गरेको छ । त्यसैले कुवेतमा कोहि नेपाली भोकै बस्नुपर्ने अवस्था सिर्जना भए दूतावासमा सम्पर्क गर्नुहोला ।

कुवेतमा रहेर जागीर गुमेका एवम् विभिन्न समस्य मार्फत स्वदेश फर्कन चाहनु भएका नेपालीहरुको यहाँको अवस्था बारेपपनि हामीले निरन्तर नेपाल सरकारलाई जानकारी गराएका छौं । कोरोना भाइरस कुवेतमा मात्रै नभएर बिश्वभरीनै महामारीको रूपमा फैलिएको हुँदा कुवेतमा रहेका नेपालीहरुलाई धैर्य हुन पनि आग्रह गर्दछु ।

 

कुवेतमा कोरोना प्रकोपका कारण हजारौ नेपाली श्रमिकहरु समस्यामा

हरि कृष्ण न्यौपाने
अध्यक्ष
नेपाल पत्रकार महासंघ शाखा, कुवेत

कोरोना सन्त्रासले बिश्वभरको श्रम बजारमा पारेको नकारात्मक असर जस्तै कुवेतमा पनि हजारौं नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई प्रत्यक्ष समस्याहरु पर्न थालेका छन ।
यहाँ फेब्रुअरी २९ तारिकबाट शुरु गरिएको लकडाउन (बन्दाबन्दी) लाई मेईको २९ तारिकसम्म बढाईएको छ ।

कुवेतको इतिहासमै तेस्रो पटक मार्च २२बाट लगाइएको बेलुकी ४ बजे देखि बिहान ६ बजे सम्मको कर्फ्यु अझै हटाइएको छैन । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दै गए पछि कुवेत सरकारले मेई १० तारिक आइतबारबाट मेई ३० तारिक शनिबार सम्म २४ घन्टे लकडाउनको घोषणा गरेको छ ।

मेई ८ तारिक सम्मको तथ्यांक हेर्दा ७२०८ जना कोरोना संक्रमित भएका छन भने ४७ जनाको मृत्यु भैसकेको छ । मेई ३ तारिक सम्म ८४ नेपाली कामदार संक्रमित भएको भनिए पनि पछिल्लो दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्दै गए पछि कम संक्रमित हुनेको राष्ट्रियता खुलाइएको छैन । संक्रमित र मृत्यु हुनेमा अधिकांश आप्रबाशी कामदारहरु,त्यसमा पनि भारतिय नागरिक अत्याधिक रहेका छन ।

करिब ७० दिनको लकडाउनले कुवेतमा रहेका हजारौं नेपालीहरु समस्यामा परेका छन । खास गरि औषधी, खाद्यान्न,पानी, तेल र अत्यावश्यक सेवा बाहेकका सबै ब्यापार ब्यबसायहरु बन्द भएका कारण हजारौं नेपाली श्रमिकहरु कोठा वा क्याम्पमै बस्न बाध्य भएका छन ।

केहीले फेब्रुअरी महिना देखिकै पारिश्रमिक नपाएका,धेरैले आंशिक (२० देखि ७० प्रतिशत मात्र) पारिश्रमिक पाएका,केहि जागिरबाट निकालिएका त केहिलाई बार्षिक बिदा कटौती वा बिना तलब लामो छुट्टि“नो वर्क नो पे“मा बस्न बाध्य बनाइएको छ । केहिलाई त अब ३ महिना सम्म पारिश्रमिक लिने छैन भनी हस्ताक्षर गर्न भनिएको छ ।

कम्पनीको क्याम्प भन्दा बाहिर भाडामा बस्नेहरुलाई कोठा भाडाको समस्याले सताएको छ । करिब छ सय नेपाली ट्याक्सी चालकहरु ट्याक्सि ग्यारेजमा थन्क्याएर ट्याक्सीको दैनिक किस्ता कसरि तिर्ने चिन्तामा परेका छन । धेरैलाई दैनिक खाद्यान्नको समेत समस्या पर्न थालेको छ ।

एनआरएन,श्रमिक सन्जाल,जिफन्ट,केही नेपाली रेस्टुरेन्टहरु लगाएत विभिन्न समाजिक संस्थाहरु र ब्यक्तिहरुले अत्यावश्यक ठाउमा खाद्यान्न लगाएको राहत सामाग्रीहरुको ब्यबस्थापनमा सहयोग गरे पनि अझै दिन दिन मागहरु बढिरहेका छन ।

करार अबधी सकिएर घर फर्किन तयारीमा रहेका,पारिवारिक वा ब्यापारिक प्रयोजनमा कुवेत आएका,बिरामी भइ स्वदेशमै उपचार गराउने सोच भएका,कोरोनाकै कारण ब्यबसाय रोकिए पछि कम्पनीले ५ ६ महिना छुट्टी बस्न भनेका लागाएत अप्ठेरोमा परेका नेपाली श्रमिकहरुले अन्तरास्ट्रिय उडान रोकिएका कारण ठूलो पीडा भोगी रहेका छन । अझ बिबिध कारणले पछिल्लो समय मृत्यु भएका ११ जनाको शब कुवेतमै अडकिएको छ ।

परदेशमा कोरोना लाग्ने भन्दा पनि भोकै परिने,बेखर्चि(बेरोजगार होइन सक्ने डरका साथमा घरदेशमा आफूमा निर्भर परिवारलाई कसरि पाल्ने चिन्ताले हजारौं नेपाली कामदारहरु चिन्तित बनेका छन । नेपाल सरकार तथा नेपाली राजदूताबास लगाएत सम्बन्धित निकायले छिट्टै नै बिदेशमा फसेकाको उद्दार र समस्यामा परेका कामदारहरुलाई सहजीकरण गर्न जरुरी भैसकेको छ ।

 

धेरैको रोजगारी गुमेको छ , अहिले १२ सयलाई राहत वितरण गर्यौ

गोबिन्द ढकाल
अध्यक्ष
नेपाली समाज युएई

कोरोना भाईरस कोभिड १९ का कारण विश्व आक्रान्त भईरहेको यो अवस्थामा मध्यपूर्वको यूएई पनि यसबाट पक्कै अछुतो छैन ।
रोजगारीको राम्रो अवसर श्रमिक मैत्री यूएईको नियम कानुन भएका कारण नै आज २ लाख ७५ हजार भन्दा बढि नेपाली यहाँ काम गरेर मुलुकलाई रेमिट्यान्स भित्र्याईरहेका छन ।

कोरोनाको संक्रमणपछि ५ जना नेपालीको मृत्यु भएको छ भने १ सय जनाको हाराहारीमा बढि नेपालीहरू संक्रमित भएको हामीले बुझेका छौं । तर यहाँ रहेका नेपालीको उपचारमा यहाँको सरकारले आफ्ना नागरिक सरह उपचार परिक्षण , सहयोग गर्दै आएको छ तसर्थ डराईहाल्नु पर्ने अवस्था पनि छैन ।

कोरोना भाईरसपछिको प्रभावले भने यहाँ धेरै नेपालीहरूले गर्दै आएको रोजगारी गुमेको छ । पर्यटक लक्षित यहाँका ब्यवसाय तथा क्षेत्रमा काम गरिरहेका धेरै नेपालीहरू यतिबेला रोजगार विहिन भएर स्वदेश फर्कन तयार भएर बसेका छन् भने धेरै नेपाली बेतलबी विदामा बसेका छन् । एकातिर कोरोना त्रास र अर्काे तर्फ भोकको त्रास नेपालीहरूमा रहेको छ ।

दूतावास संरक्षक रहेको यूएईमा नेपालीहरूको पूरानोसंस्था नेपाली समाज यूएईले यो विशम परिस्थितिमा हाम्रा नेपाली दाजुभाईहरूले दुख भोग्न नपरोस , पैसा अभाबमा भोकै बस्न नपरोस भनेर नेपाली समाज, बैचारिक संगठन, जनजाती महासंघ, पत्रकार महासंघ, नेपाली समाजमा आबद्ध सङ्ह सस्था तथा अन्य सामजिक संघ सथा हरु ( करिब ५ दर्जन संघ सस्थाहरु) सम्मिलित आपत्कालिन कोष खडा गरि राहत अभियानलाई अघि बढाएका छौ ।

रोजगार गुमेका , भिजिटमा आएर अलपत्र परेकाहरू, जो सँग बिहान बेलुका खानको अभाव छ उनीहरूका लागि खाद्यन्न सहयोग गर्दै आएका छौं हाल दैनिक जसो ७० ८० जना नेपालीहरूलाई ठाँउ ठाउँमा यूएईका सबै राज्यमा पुगेर हामीहरूले सहयोग गरिरहेका छौ । हाल सम्म करिव ९ लाख नेपाली रूपैयाँ बराबरको राहत सामाग्री बाढिसकेका छौं भने आजको दिन सम्म करिब १२०० जति नेपाली हरुले लाभ लिनु भएको छ ।

दुखमा परेका अफ्ठ्यारोमा रहेका नेपालीहरूलाई छिटो भन्दा छिटो स्वदेश फर्काउने वातावरण बनाउन पर्छ भनेर हामीले एक महिना पहिलै नै राजदूतावास मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छौं ।
हामीले गर्ने सहयोग अल्पकालिन हो , अब भने नेपाल सरकारले यूएईमा खाडिमा रहेका अफ्ठारोमा परेका नेपालीहरूलाई तत्काल नेपाल ल्याउन र उनीहरूलाई नेपालमै काम गर्ने वातावरण बनाउन तर्फ ध्यान दिन म माग पनि गर्दछु ।

राजेन्द्र अर्याल
मध्यपूर्व उपसंयोजक
गैरआवासीय नेपाली
संघ राष्ट्रिय समन्वय समिति

कोभिड १९ महामारीको चपेटामा मध्यपूर्व क्षेत्र समेत अछुतो नरहेको सर्ब्बिदितै छ । १५ लाख भन्दा बढी नेपालीहरु कार्यरत यस क्षेत्रमा भाईरसको कारण कम्पनिहरू लकडाउन भएकोले गर्दा कपम्पनिहरू बन्द हुने क्रम जारी छ,धेरैले रोजगारी गुमाउनु पर्ने र धेरै भन्दा धेरै नेपालीहरु अलपत्र पर्न सक्ने संकेतहरु देखिन थालेका छन् मध्यपूर्वमै जो बैधानिक स्टाटस (लिगल बसाइमा) हुनुहुन्छ, उहाहरुमा त्यती समस्या छैन तर जो ईलिगल हुनुहुन्छ, नेपाल फर्किन एकजिट भिसाको पर्खाईमा हुनुहुन्छ, उहाँहरुलाइ खाना र आबासको समस्या देखिन लागेको छ ।

अहिले देखिएको समस्या भनेको खान या बस्न नपाउनु नै हो । यसमा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरुले मध्यपूर्वमा आ आफ्नो क्षेत्रमा बास्तविक पिडित पहिचान गरि मानवीय आधारभूत आवस्यकताको राहत सामग्री पुराउदै आउनुभएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले तत्काल अत्यावश्यक राहत सामग्री व्यवस्था गर्न साउदी अरेबिया, कुवेत,युनाइटेड अरब इमिरेट्स र बहराइनमा ५/५ हजार डलर निकासा गर्ने निर्णय भएको छ ।

लकडाउनको क्रम संगै उत्पादन र बजार एक साथ बन्द हुंदा प्राय कम्पनिहरू बन्द भै प्रबासि नेपाली कामदारहरू क्याम्प मै बसिरहेकाछन, प्राप्त जानकारी अनुसार ठुलो हिस्सामा रोजगार गुमाएका नेपालीहरू स्वदेश फर्किने भनेर सरकारको निर्णय पर्खेर बसेकाछन । धेरै दाजुभाई दिदीबहिनीहरु आफ्नो बुवा आमाको नेपालमा मुत्यु हुदा पनि जान नपाउदा को पिडा पनि बेग्लैछ ।

अबैधानिक कामदार चाडै नै नेपाल फर्किन पाउने आसमा छन । सप्लाइ कंपनिमा कार्यरत कामदारहरू आबासबाट समेत निकालीएकाछन । यसर्थ सम्बन्धित मुलुकमा रहेका नेपाली राजदुताबासले अबिलम्ब तपसिल अनुसारको जिम्मेबारि पुरा गर्नुपर्ने देखिन्छ ।

१) क्याम्पबाट निकालिएका कामदारहरूलाइ तत्काल शेल्टरको ब्यबस्था गरि खान बस्ने प्रबन्ध मिलाउनु पर्दछ ।
२) नेपाल सरकार र मध्यपुर्बका सरकारहरुसंग कुटनैतिक समन्बय गरि मुलुक फर्कन चाहने र जान रेडि भएका नेपालीहरूलाइ स्वदेश फर्काउन पहल गर्नुपर्दछ ।
३) रोजगार गुमाएका कामदारहरूको डाटा संकलन गरि जान चाहने र बस्नेहरूको रेकर्ड अनुसार जानेलाइ ट्राभलको बन्दोबस्त मिलाउनु पर्दछ ।

साउदि अरबमा दिनप्रतिदिन हजार प्लस देखिदै आएदेखि समस्या बिकराल हुदै गइरहेको छ, ३५,४३२ संक्रमित साउदि अरबमा रहेकोछ भने ज्यान गुमाउनेको संख्या २२९ रहेको छ । विशेष रुपमा नेपाली राजदुतावास रियाद, साउदी अरबलले सचेतना गराउन दैनिक रुपमा सामाजिक संजाल मार्फत सुचना दिएर सुसुचित गर्ने कार्य गरिरहेकोछ। जुन प्रसंसनिय छ, यहाँको प्रशासन बाट औपचारिक जानकारी हुनासाथ दुतावासले सेयर गर्ने गरेको छ । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदीले अध्यक्ष तेज थापाको नेतृत्वमा राहत सामग्री वितरण गरिरहेकोछ, र वितरणमा नेपाली राजदुतावास रियादले लकडाउनको समयमा आफ्नो गाडी दिएर पनि सहयोग गरिरहेकोछ । साउदीमा अहिले सम्म नेपाली ३० जना बिरामी हुनुहुन्छ जसमा ४ जना उपचार गरि फर्किसक्नु भएको छ २६ जना थप उपचारमा हुनुहुन्छ ।

मध्यपूर्व क्षेत्रमा अहिले सम्म ४४९ जना बिरामी हुनुहुन्छ । जसमा १९ जना उपचार गरि फर्किसकेका छन् ७ जनाले कोरोनासंग पराजित भएकाछन । भने ४२३ जना थप उपचारमा हुनुहुन्छ । माथिका सबै तथ्यले के पुष्टि गर्दैछ, भने साउदि अरब लगायत सिंगो खाडिमा अधिक संख्यामा नेपालीहरू रोजगारि गुमाउनु पर्ने देखिन्छ । तसर्थ एनआरएन ए आगामि दिनमा आबस्यक्ता अनुसारको सहयोगका लागी लागि नेपाल सरकारसंग निरंतर संपर्क , समन्वय र बैठक गरिरहेकोछ । बिदेशबाट फर्किने नेपालीहरू लाइ राज्यले बनाउने परियोजनाहरूमा दक्षता अनुसारको काममा लगाउन समेत राज्यले प्राथमिकता दिनु पर्ने जस्ता सुझावहरू दिइरहिएकोछ ।

अहिलेको अवस्थालाई हेरी साउदी मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले कामदारको सहमति वेगर कुनै पनि रोजगारदाताले उनीहरुको पारिश्रमिक कटौति गर्न नपाइने कुरामा पुनः जोड दिएको छ । कामदारको पारिश्रमिक कटौति उनीहरूको कार्यघण्टासंग अनिवार्य रुपमा मिल्नुपर्ने उक्त मन्त्रालयले जनाएको छ । यसरी घटाइने पारिश्रमिक १ प्रतिशत देखि चालीस प्रतिशतको वीचमा हुनुपर्ने उल्लेख गरिएको छ । यस सम्बन्धमा साउदी श्रम कानूनको धारा ४१ आकर्षित हुने समेत उल्लेख छ यसरी कामदारको पारिश्रमिक कटौति गर्दा उक्त कम्पनी कोरोनाका कारण प्रभावित भएको हुनुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । धारा ४१ को व्यवस्था उल्लंघन गर्ने कम्पनीहरु उपर श्रम कानून अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ ।