वीरगन्जमा कोरोनाको कहर : कर्मचारीदेखि पत्रकारसम्म संक्रमित

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।

करिब एक महिना अगाडि तीनजना भारतीय मुस्लिम धर्मगुरुबाट शुरु भएको कारोनाको त्रास वीरगन्जमा बढेको छ । मंगलबार एकैदिन ३९ जना संक्रमति भेटिएपछि वीरगन्जमा कोरोनाको समुदायमा नै फैलिएको पुष्टी भएको हो ।

कोरोना देखिएका तीनजना भारतीयहरु निको भएर घर त फर्किए तर उनीहरुले छाडेको कोरोरा भने वीरगन्जमा हावासरी फैलिएको हो । वीरगन्जमा मंगलबार समेत गरेर पर्साका ६३ जनामा संक्रमण देखिउको छ र यो संख्या अझलै बढ्ने अनुमान गरिएको छ ।

पत्रकारमा पुष्टी

पर्साका चारजना पत्रकारहरुमा कोरोना पुष्टी भएको भनिएपछि दुईजनामा मात्रै पुष्टी भएको छ । थप दुईजनाको अन्तिम रिपोर्ट आउन बाँकी रहेको नारायाण्ी अस्पतालका चिकित्कहरुले बताएका छन् ।

दुईजना पत्रकारहरु वीरगन्जमा चर्चित र जल्दोबल्दो खालका भएकाले उनीहरुसंग पर्साका प्रमुख अधिकारीसंग मंगलबार मात्रै भेट भएको र समाजमा धेरै ब्यक्तिहरु र स्वम् पत्रकारहरुसंग समेत भेटघाट भएकाले संक्रमितको संख्या बढ्ने अनुमान गरिएको हो ।

पत्रकार थुनामा परेको बिषयमा हालै पर्साका पत्रकारहरु आन्दोनमा उत्रिएको र त्यो आन्दोलनको अगुवाइ समेत उनले गरेका कारण अन्य पत्रकार समेत संक्रमण्को जोखिममा रहेको बुझिएको छ ।

सेना परिचालनको निर्णय

मंगलबार राती ८ बजेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।

त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।भारतसँगको सीमा नाका र खुला सिमानाको जुनसुकै स्थानबाट पनि मानिस आउन निषेध गरिएको छ ।

उनीहरुलाई रोक्न सुरक्षाकर्मीको ब्यापक गस्ती बढाई एसिया डोमिनेसन गर्ने निर्णय पनि प्रशासन कार्यालयले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।