नेपालमा दुई पत्रकारमा देखियो कोरोनाको संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौ

पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस(कोभिड–१९)मध्ये चार जना पत्रकार भएको पाइएको छ ।कोरोना संक्रमित पत्रकारलाई पनि अहिले बिरगन्जको कोरोना अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमित हुनेमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा लगाएका रहेका छन ।

नारायणी अस्पतालका चिकित्सकले संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी आजमात्रै ५७ जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।